दक्षिण अमेरिकी देश, पेरुमा जेन-जी प्रदर्शन सुरु भएको छ । राजधानी लिमामा शनिबार (नेपाली समयअनुसार आइतबार) सयौँ युवा र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरूले ढुंगामुढा र लठ्ठी हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर उनीहरूलाई तितर-बितर पार्न खोजेका थिए ।