कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

हसिनालाई देशै छाड्न बाध्य पार्ने बंगलादेशको आन्दोलन [तस्बिरहरू]

एएफपी/एपी

बंगलादेश — सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलदेशकी प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेकी छन् । उनी भारतको नयाँदिल्ली पुगेकी छन् । बंगलादेशमा १५ वर्ष निरन्तर शासन गरिरहेकी हसिनाको पछिल्ला अनुदारवादी गतिविधिका कारण असन्तुष्ट रहेका नागरिकहरूले बंगलादेशमा विशाल प्रदर्शन गरे ।

तस्बिरहरू : एपी र एएफपी

आइतबार एकैदिन करिब १ सय जनाको ज्यान जानेगरी आन्दोलनले हिंसात्मक रुप लिएपछि सोमबार प्रधानमन्त्रीले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको हो । सोमबार नै सेना प्रमुखले अब सबै दलहरूलाई समेटेर अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन् । आन्दोलनकारीलाई आफ्ना कार्यक्रमहरू स्थगित गर्न अनुरोध गरेका छन् ।


प्रकाशित : श्रावण २१, २०८१ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्