बंगलादेश — सरकारविरोधी आन्दोलन चर्किएपछि बंगलदेशकी प्रधानमन्त्री शेख हसिना देशै छोडेर भागेकी छन् । उनी भारतको नयाँदिल्ली पुगेकी छन् । बंगलादेशमा १५ वर्ष निरन्तर शासन गरिरहेकी हसिनाको पछिल्ला अनुदारवादी गतिविधिका कारण असन्तुष्ट रहेका नागरिकहरूले बंगलादेशमा विशाल प्रदर्शन गरे ।
आइतबार एकैदिन करिब १ सय जनाको ज्यान जानेगरी आन्दोलनले हिंसात्मक रुप लिएपछि सोमबार प्रधानमन्त्रीले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको हो । सोमबार नै सेना प्रमुखले अब सबै दलहरूलाई समेटेर अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन् । आन्दोलनकारीलाई आफ्ना कार्यक्रमहरू स्थगित गर्न अनुरोध गरेका छन् ।
![Bangladesh protests forcing Hasina to leave the country [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/bangladesh-13-0582024032700-1000x0.jpg&w=1001&h=0)
