कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

रुखले च्यापिएर एक पुरुषको मृत्यु

भाद्र २७, २०८१
रुखले च्यापिएर एक पुरुषको मृत्यु

तनहुँ — तनहुँको भिमादमा रुख काट्ने क्रममा रुखले च्यापिएर एक पुरुषको मृत्यु भएको छ ।

भिमाद नगरपालिका–६ रंगशाला नजिकै सिसौ घारीमा रुख काटी डोरीले तान्ने क्रममा अचानक सोहो रुखले च्यापिएर भिमाद–६ मालेबगर बस्ने ५८ वर्षीय सेर बहादुर कुमालको मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

उनका अनुसार बिहिबार बिहान करिब १०ः१५ बजेको समयमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका कुमालको भिमादस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रायले बताए ।

प्रकाशित : भाद्र २७, २०८१ १८:४०
×