कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बाढी पहिरोका कारण बेंसीसहर–डुम्रे सडक अवरुद्ध

भाद्र ३०, २०८१
बाढी पहिरोका कारण बेंसीसहर–डुम्रे सडक अवरुद्ध

लमजुङ — बेंसीसहर नगरपालिका-१, उदिपुर सडक निर्माणस्थलमा पहिरो खस्दा बेंसीसहर–डुम्रे सडक अवरुद्ध भएको छ ।

ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार उदिपुर बजारमै बाढीले गेग्रान थुपारेपछि सवारीसाधन आवातजावत रोकिएको हो । अविरल वर्षासँगै आइतबार साँझ साढे ५ बजेतिर पहिरो खस्नुका साथै बाढीले सडकमा गेग्रान थुपारिदिएपछि सडक अवरुद्व भएको ट्राफिक प्रहरी सहायक निरीक्षक राजाराम पौडेलले बताए ।

सडक अवरुद्ध भएपछि लमजुङ सदरमुकाम बेंसीसहर साथै बेंसीसहरभन्दा माथिल्लो क्षेत्रका लागि संघीय राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा साथै चितवनलगायत क्षेत्रबाट आएका सवारीसधन उदिपुर बजारमा रोकिएका छन् । यस्तै बेंसीसहर बजारबाट बाहिरिँदै गरेका सवारी साधन बेंसीसहरतर्फ पहिरो छेउ रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पानी परिरहेको र यसले बेंसीसहर–डुम्रे सडकको लमजुङ खण्डको उदिपुर पहिरोमा यसअघि पहिरो खसेको ठाउँमा पहिरो गएको छ ।

उनले सडक खुलाउने प्रयास भइरहेको बताए । यसका लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङको नेतृत्वमा प्रहरी खटिएको उनले बताए ।


प्रकाशित : भाद्र ३०, २०८१ २१:२८
x
×