कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कास्कीमा विभिन्न मुद्दाका ८६ फरार प्रतिवादी पक्राउ

आश्विन २, २०८१
कास्कीमा विभिन्न मुद्दाका ८६ फरार प्रतिवादी पक्राउ

कास्की — जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्दामा फैसला भएपछि फरार रहेका ८६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ महिनामा कास्कीमा मात्रै ६३ जना पुरुष र २३ जना महिला गरी ८६ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका प्रतिवादीलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार हाजिर गराएको र जरिवाना असुल भएको जिल्ला प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुबाट ८ वर्ष १० महिना १ दिन कैद सजाय र ४६ लाख ४२ हजार ९ सय रुपैयाँ जरिवाना असुल भएको एसपी थापाले बताए ।

प्रहरीको तथ्यांक अनुसार सवैभन्दा धेरै चेक अनादार मुद्दामा ५२ जना रहेका छन् । यसैगरी लागूऔषध मुद्दाका ९ जना, चोरी सम्बन्धी १, अपहरण तथा शरिर बन्धक मुद्दामा १ जना, हातहतियार तथा खरखजना मुद्दामा १, नागरिकता तथा छाप दस्तखत किर्तेमा १, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दामा २ जना रहेका छन् ।

त्यस्तै, बाल यौन दुरुपयोग मुद्दामा २, बैकिंङ कसूर मुद्दामा ६, अभद्र व्यवहारमा ३, लेनदेनमा ३, सवारी ज्यानमा २ र जालसाझी मुद्दामा ३ जना पक्राउ परेका छन् ।

प्रकाशित : आश्विन २, २०८१ १७:१७
x
×