कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

मर्स्याङ्दीले बगाउँदा बालकको मृत्यु

आश्विन २, २०८१

लमजुङ — मनाङको नासों गाउँपालिका-१, तालगाउँमा मर्स्याङ्दी नदीले बगाउँदा बुधबार एक बालकको मृत्यु भएको छ ।

मकवानपुरको दामन गाउँपालिका-५, पालुङ घर भई हाल मामाघर हजुरआमासँग बस्दै आएका ५ वर्षीया एरिश गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार बुधबार मध्याह्न सवा १२ बजेतिर मर्स्याङ्दी किनारमा खेलिरहेका बालकलाई बगाएको भन्ने खबर आउनासाथ प्रहरी चौकी तालबाट असई लिलाबहादुर थापाको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी र स्थानीयले बगाएको ठाउँबाट करिब सय मिटर तलबाट बालकको उद्धार गरेर ताल स्वास्थ्य चौकीमा ल्याएकोमा उपचारको क्रममा साढे १ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी निरीक्षक चिरञ्जीवी पाण्डेयको नेतृत्वमा प्रहरी खटिएको र पोस्टमार्टमको लागि जिल्ला अस्पताल चामेतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।


प्रकाशित : आश्विन २, २०८१ २०:०४
x
×