रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सभापति पूर्णबहादुर तामाङ संसद्मा छन् । उनले निर्माण गरिरहेको सडक भने लमजुङमा अलपत्र अवस्थामा छ । क्व्होलासोंथार गाउँपालिका–१ बागलुङपानीदेखि वडा ३ घलेगाउँसम्मको सडक कालोपत्रको ठेक्का लिएका उनले ९ महिनायता काम नै गरेका छैनन् ।
क्व्होलासोंथार गाउँपालिका ६, पसगाउँमा माघ २४ र २५ गते १३ औं महोत्सव हुने भएको छ । लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको हो । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमु (गुरुङ) जातिको बाहुल्यता रहेको गाउँ हो ।
नेकपा (एमाले) उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने दाबी गरेका छन् ।
दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । यसअघि आयोजनाको बाँध, सुरुङ र विद्युत् गृहको ड्राई टेस्ट (सुक्खा परीक्षण) सकेको आयोजनाले पानी राखेर परीक्षण थालेको हो ।
लमजुङ प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगेर हिँड्ने एक युवकलाई पक्राउ गरेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पोखराबाट पक्राउ गरिएको सूचना अधिकारी इन्सपेक्टर जगदिश रेग्मीले बताए ।
राइनास नगरपालिका–२ पन्थेडाँडा गुरुङ गाउँका ढकबहादुर गुरुङले यस वर्ष ९ सय २ किलो कोदो फलाए । नगरपालिकाबाट उनले ८ हजार ६ सय रुपैयाँ अनुदान पाए । उक्त कोदोमध्ये ७ सय ८२ किलोको अनुदान उनले पाएका हुन् । १ सय २० किलोको पाएनन् ।
माघे सक्रांतिको अवसरमा गोरु जुधाउने मेला लमजुङमा पनि सुरु गरिएको छ । पछिल्लो समय लमजुङको राइनास नगरपालिकाका किसानहरूले पनि स्व:स्फुर्त रुपमा गोरु जुधाएका छन् ।
मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा अध्ययन गर्ने अविनाश गुरुङ १७ वर्ष पुगे । मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यस पटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका छन् । आफैं गुडाउँदै पनि हिँड्छन् ।