कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संघीय कानुन नबन्दा प्रदेशमा धेरै समस्या झेल्नुपरेको छ : मुख्यमन्त्री

आश्विन ३, २०८१
संघीय कानुन नबन्दा प्रदेशमा धेरै समस्या झेल्नुपरेको छ : मुख्यमन्त्री

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान कार्यान्वयन गर्न प्रतिबद्व रहेको बताएका छन् । प्रदेशको गुणात्मक सुधारको लागि प्रतिबद्ध रहेको बताउँदै उनले संघबाट आउने बजेट न्यून हुँदा लक्ष्यअनुसार काम गर्न समस्या रहेको बताए ।

प्रदेशमा ६९ वटा ऐन र ७० वटा नियमावली बनेको बताउँदै मुख्यमन्त्री पाण्डेले संघीय कानुन नबन्दा प्रदेशमा धेरै समस्या झेल्नुपरेको बताए ।

संविधान दिवसको अवसरमा बोल्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जनताले आफैं लेखेको संविधान सामाजिक न्यायमा आधारित रहेको बताए । समतामूलक न्यायको स्थापित गरेको बताउदै उनले यसबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसेको बताए । संविधानले लोकतान्त्रिक गणातान्त्रिक मुलुकको स्थापना गरेको उनको भनाइ छ ।

कृषि वन पर्यटन जलस्रोतमा आधारित संविधानले सुनिश्चित गरेको मौलिक अधिकारमा राज्यले दिएको सुविधा सबै जनतामा समान पहुँच हुनुपर्ने उनको धारणा थियो ।

सभामुख कृष्णप्रसाद धितालले प्रदेशमा थुप्रै ऐन बनाउन आवश्यक रहेको बताए । प्रदेशका समस्या हल गर्न सबै जना गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संविधानलाई अझ मजबुत बनाउन, समावेशी र समानतालाइ बलियो बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेश सरकारले संविधान दिवस मनाइरहँदा यसपटक सबैभन्दा बढी निराशा भएर मनाउन बाध्य भएको बताए । उनले अहिलेको अवस्थामा आशा गर्ने ठाउँ नरहेको बताउँदै प्रदेशले निर्माण गरेका कानुन कार्यान्वयन गर्नसमेत नसकेको बताए । कानुन कार्यान्वयनमा समस्या रहेको उनले बताए । संविधान उल्टाउन रातारात षड्यन्त्र भइरहेको भन्दै उनले संविधान उल्टाउन खोजे जनता चुप लागेर नबस्ने चेतावनी दिए ।

सहिद चोकबाट र्‍यीलि निकालिएको थियो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ ११:५९
×