२०७४ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष जित्ने महिला एक्लै थिइन् । फेदीखोला गाउँपालिका-५ को वडाध्यक्षमा एमालेबाट देउकुमारी गुरुङ विजयी भएकी थिइन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षमा महिला जम्मा दुई जना निर्वाचित भएका छन् ।
गोरखाको चुमनुव्रीवासीलाई सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम गोरखा बजार आइपुग्न पाँच दिन लाग्छ । हालसम्म मोटरबाटोको सुविधा नपुगेको चुमनुव्रीबाट सदरमुकाम आएर सरकारी काम लिएर फर्किदा अर्को पाँच दिन लाग्छ । सरकारी काम लिन १० दिन हिँड्नुपर्ने त छँदै छ अझ थपिएको सरकारी बिदाले चुमनुव्रीवासीलाई सरकारी कामकाज लिन थप दुई दिन कुर्नुपर्ने बाध्यता बनाएको छ ।
स्थानीय तहको निर्वाचनमा स्याङ्जामा प्रमुख प्रतिस्पर्धी पार्टी कांग्रेस र एमाले मात्र रहे । नगरपालिकामा कांग्रेसको वर्चश्व देखिएको छ भने गाउँपालिकामा एमालेकाे । मतगणनाको अन्तिम परिणम अनुसार स्याङ्जाका एघार पालिकामध्ये १० वटामा प्रमुख र उपप्रमुखमा एउटै पार्टीबाट निर्वाचित भएका छन् भने वालिङ नगरपालिकामा एमाले र कांग्रेस निर्वाचित भए ।
स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (ईश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । खाँणले ७ हजार ४ सय ९० मत ल्याउदा एमालेका कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
वालिङ नगरपालिको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित हुँदा उपमेयरमा कांग्रेसकी उम्मेदवार कविता तिवारी निर्वाचित भएकी छन् ।
पुतलीबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तुलसीराम रेग्मी विजयी भएका छन् । एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै रेग्मी मेयरमा निर्वाचित भएका हुन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी विजयी भएका छन् । तिवारीले प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका चिनमाया गुरुङ्लाई १ हजार ९ सय ४४ मतान्तरले पछाडि पार्दै विजय घोषित भएका हुन् ।
प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेललाई १ सय २६ मतान्तरले पछाडि पार्दै स्याङ्जा बिरुवा गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सूर्य कुँवर विजयी भएका छन् । कुँवरले ४ हजार ८ सय ७२ मत ल्याउँदा कांग्रेसका पोखरेलले ४ हजार ७ सय ४६ मत प्राप्त गरे । पोखरेल विरुवा गाउँपालिकाको कांग्रेस सभापति समेत हुन् ।
आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । पौडेलले ५ हजार १ सय ७७ मत ल्याएका छन् भने प्रेमराजले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका सुवेदी पुन: निर्वाचित भएका छन् । सोमबारको अन्तिम मतपरिणामअनुसार उनले १ सय ३२ को मतान्तरले कांग्रेसका लक्ष्मीप्रसाद बराललाई हराए ।