गण्डकी प्रदेशको प्रवेशद्वार राम्दीमा सुरु भएको क्यूआर कोड सेवाबाट पर्यटक र सवारी चालकले अंग्रेजी तथा नेपाली भाषामा आवश्यक सुरक्षा सूचना प्राप्त गर्न सक्नेछन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप बिहान करिब ११:२० बजे सडक छेउमा पल्टिएको हो ।
मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका-५ का २३ वर्षीय तिलक परियार रहेका छन् ।
वन नजिकका बस्ती, प्राकृतिक आहारको कमी, जंगल विनाश र गाउँमा मानव गतिविधि घट्नु बाँदर आतंक बढ्नुका प्रमुख कारण हुन सक्ने स्थानीय बताउँछन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि २८ वर्षीय ती पुरुषलाई जेठ २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पुरुष वर्चस्व रहेको राजनीतिमा अनेकौं चुनौती पार गर्दै एमाले नेतृ पद्मा अर्याल नेतृत्व तहमा आफ्नो पहिचान स्थापित गर्न सफल भइरहेकी छन् ।
प्रतिष्ठानले पुतलीबजार नगरपालिका–१४ लामागेस्थित पाणिनी आश्रममा मनाएको २५ औं राष्ट्रिय लोक दोहोरी दिवसका अवसरमा दर्जीलाई सम्मान गरिएको हो ।
हाल बजारमा ग्यासको आपूर्ति, मौज्दात, बिक्री प्रक्रिया तथा मूल्य सूचीबारे जानकारी लिँदै उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले अनुगमन गरिएको प्रशासनले जनाएको छ ।
व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफ्ना उद्योग तथा फ्याक्ट्रीमार्फत् करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । रास्वपा गण्डकी प्रदेशका पूर्व इन्चार्जसमेत रहेका डुम्रे हाल पार्टीको संगठन विभागमा जिम्मेवारी सम्हालिरहेका छन् ।