वालिङमा भएको जीप दुर्घटनामा एकको मृत्यु, १२ घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप बिहान करिब ११:२० बजे सडक छेउमा पल्टिएको हो ।

असार १२, २०८३

प्रतीक्षा काफ्ले

One dead, 12 injured in jeep accident in Waling

स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ताप्केबाट वालिङतर्फ आउँदै गरेको बा ७९०५ नम्बरको डबल क्याप बोलेरो जीप बिहान करिब ११:२० बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनामा वालिङ-७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए । उनका अनसार दुर्घटनामा घाइते भएका बिरकट्टाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र वालिङमै राखिएको छ ।

दुर्घटनामा जीपमा सवार १८ जनामध्ये चारजना गम्भीर, आठ जना मध्यम र पाँच जना सामान्य घाइते भएका थिए । चालक वालिङ-७ का २८ वर्षीय मिनबहादुर सारू सामान्य घाइते भएका छन् भने उनी प्रहरी नियन्त्रणमा छन् । घाइतेलाई उपचारको लागि पोखरा रिफर गरिएको छ । 

प्रतीक्षा

Link copied successfully