स्याङ्जा-२ मा रास्वपाका झविलाल डुम्रे विजयी

डुम्रेले २५ हजार ३ सय ५४  मत ल्याए

फाल्गुन २४, २०८२

प्रतीक्षा काफ्ले

Jhavilal Dumre of RSVP wins in Syangja-2

स्याङ्जा — निकटतम् प्रतिद्वन्द्वीलाई ४ हजार ५ सय २४ मतले पछाडि पार्दै स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा  रास्वपाका उम्मेदवार झविलाल डुम्रे निर्वाचित भएका छन् । रास्वपाका डुम्रेले २५ हजार ३ सय ५४  मत ल्याए ।

कांग्रेसका भागवतप्रकाश मल्लले २० हजार ८ सय ३० मत ल्याएर उपविजेता बनेका छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर तेस्रो भएका छन् भने, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेशम विश्वकर्माले ८ सय ४८ मतसहित चौथो भएका छन् । 

स्याङ्जा-२ मा एक लाख १७ हजार ९ सय ३० मतदाता थिए । तीमध्ये ६४ हजार ९ सय २८ मत खसेको थियो । खसेको मतमध्ये ६२ हजार २ सय ६६ मत सदर र २ हजार ६ सय ६२ मत बदर भएको थियो । 

यहाँ १० दल र दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए । डुमे यसअघि आफ्नै व्यापार-व्यवसायमा सक्रिय थिए । 

प्रतिनिधिसभा निर्वाचन २०८२

प्रतीक्षा

Link copied successfully