स्याङ्जामा टिपर दुर्घटना : एक जनाको मृत्यु

मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका-५ का २३ वर्षीय तिलक परियार रहेका छन् ।

जेष्ठ २८, २०८३

प्रतीक्षा काफ्ले

Tipper accident in Syangja: One person dies

काठमाडौँ — स्याङ्जाको चापाकोट नगरपालिका-४ पुम्दीस्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका-५ का २३ वर्षीय तिलक परियार रहेका छन् । दुर्घटनामा घाइते परियारको उपचारका क्रममा गह्रौ स्वास्थ्य केन्द्र वालिङमा मृत्यु भएको हो । 

ट्याक्टरमा दुई जना सवार थिए । अर्का सवार १८ वर्षीय करन परियार घाइते भएका छन् । बुधबार साँझ मल्याङ्कोटबाट घर्लिचौर जाने सडक निर्माणको लागी बालुवा लोड गरी जाँदै गरेको ग १ क ४४४६ नम्बरको ट्रिपर उकालोमा बाटो चिप्लो भई सडकबाट अ. १०० मिटर तल खसेको थियो । 

टिपर चालक दाङको शान्तिनगर गापा-१ का २६ वर्षीय रेशमबहादुर गिरी फरार छन् । घटनास्थलबाट भागी फरार रहेका गिरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी सूचना अधिकारी रमेशदत्त अधिकारीले जानकारी दिए ।

प्रतीक्षा

Link copied successfully