१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि २८ वर्षीय ती पुरुषलाई जेठ २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेष्ठ ५, २०८३

प्रतीक्षा काफ्ले

Man arrested for raping 12-year-old girl

काठमाडौँ — १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाको हरिनास गाउँपालिका–६ का एक पुरुष पक्राउ परेका छन् । 

बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि २८ वर्षीय ती पुरुषलाई जेठ २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घटना जेठ १ गते राति करिब ११ बजेको हो । पक्राउ परेका ती पुरुषविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालत स्याङ्जाबाट पाँच दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले बताए ।

प्रतीक्षा

Link copied successfully