उद्यमीबाट राजनीतिमा छिरेका झविलाल डुम्रे पहिलो प्रयासमै संसद्‍मा

व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफ्ना उद्योग तथा फ्याक्ट्रीमार्फत् करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । रास्वपा गण्डकी प्रदेशका पूर्व इन्चार्जसमेत रहेका डुम्रे हाल पार्टीको संगठन विभागमा जिम्मेवारी सम्हालिरहेका छन् ।

फाल्गुन २४, २०८२

प्रतीक्षा काफ्ले

Jhavilal Dumre, who entered politics from an entrepreneur, entered parliament on his first attempt.

स्याङ्जा — निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भागवतप्रकाश मल्ललाई ४ हजार ५ सय २४ मतले पछाडि पार्दै स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका झविलाल डुम्रे निर्वाचित भएका छन् । रास्वपाका डुम्रेले २५ हजार ३ सय ५४ मत ल्याएका छन् ।

मल्लले २० हजार ८ सय ३० मत ल्याएर उपविजेता बनेका छन् । यस्तै, एमालेका उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर तेस्रो भएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रेशम विश्वकर्माले ८ सय ४८ मत ल्याएर चौथो भएका छन् ।

स्याङ्जा–२ मा एक लाख १७ हजार ९ सय ३० मतदाता थिए । तीमध्ये ६४ हजार ९ सय २८ मत खसेको थियो । खसेको मतमध्ये ६२ हजार २ सय ६६ मत सदर र २ हजार ६ सय ६२ मत बदर भएको थियो । यहाँ १० दल र दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए । डुम्रे यसअघि आफ्नै व्यापार–व्यवसाय क्षेत्रमा क्रियाशील थिए । उनी पहिलो प्रयासमै संसद् छिर्न सफल भएका छन् ।

उद्यमी पृष्ठभूमिबाट राजनीतिमा आएका डुम्रे पहिलो प्रयासमै संसद यात्रा गर्न सफल भएका हुन् । यसअघि उनी कुनै पनि राजनीतिक दलमा आबद्ध थिएनन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि त्यसैबाट राजनीतिक यात्रा सुरु गरेका उनी पार्टीका संस्थापक सदस्यमध्येका एक हुन् ।

वालिङ नगरपालिका–१४ छोरेखर्कमा २०४९ साल साउन ५ गते जन्मिएका डुम्रेले स्नातकोत्तर (एमए) अध्ययन गरेका छन् ।

व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका उनले आफ्ना उद्योग तथा फ्याक्ट्रीमार्फत् करिब २ सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् । रास्वपा गण्डकी प्रदेशका पूर्व इन्चार्जसमेत रहेका डुम्रे हाल पार्टीको संगठन विभागमा जिम्मेवारी सम्हालिरहेका छन् ।

चुनावी अभियानका क्रममा उनले रोजगारी सिर्जना, उद्यमशीलताको विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा स्याङ्जामा कृषि, पर्यटन र उद्योगको सम्भावना उपयोग गर्ने एजेन्डा अघि सारेका थिए । युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र विकासका योजनामा पारदर्शिता कायम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

डुम्रेको जितसँगै स्याङ्जा–२ मा नयाँ पुस्ताको नेतृत्व उदाएको विश्लेषण गरिएको छ । ‘स्याङ्जा–२ को विकासलाई केन्द्रमा राखेर अघि बढ्छु,’ उनले भने, ‘रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाप्रति मेरो ध्यान केन्द्रित हुनेछ ।’ स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्योग तथा लगानी भित्र्याउने र विकासका योजनामा पारदर्शिता कायम गर्दै स्याङ्जालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उनको प्रतिबद्धता रहेको छ ।

कांग्रेसको गढ मानिने स्याङ्जा-२ मा पहिलो पटक विरासत तोड्दै रास्वपाका डुम्रेले जित निकालेका हुन् । यसअघि कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङ निर्वाचित भएका थिए । गुरुङअघि २०७४ को निर्वाचनमा कांग्रेसका पूर्वउपसभापतिलाई हराउँदै एमालेकी सचिव पद्मा अर्याल निर्वाचित भएकी थिइन् ।

अर्याललाई तत्कालीन माओवादी केन्द्रको साथ रहेको थियो । माओवादीको समर्थनमा चुनाव जितेकी अर्याल दोस्रो पटक गुरुङसँग हारेकी हुन् । २०७९ मा कांग्रेस र माओवादीको चुनावी गठबन्धन थियो ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

प्रतीक्षा

Link copied successfully