कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

बेपत्ता र सहिद परिवारका सदस्य सम्मानित 

आश्विन ३, २०८१
बेपत्ता र सहिद परिवारका सदस्य सम्मानित 

नवलपुर — संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा पूर्वीनवलपरासीमा सहिद तथा बेपत्ता भएका पीडितका परिवारलाई सम्मान गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको मूल समारोहमा नयाँ संविधान निर्माणको लागि आफ्नो ज्यान आहुति दिने परिवारका सदस्यलाई सम्मान गरिएको हो । सहिद परिवारका विनुमाया विक, कमल ज्ञवाली र बेपत्ता परिवारका सदस्य पावर्ती सिग्देललाई सम्मान गरिएको थियो ।

समारोहमा बोल्दै संविधानसभा सदस्य एवं गण्डकी प्रदेशसभाका सदस्य रोशनबहादुर गाहा, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले अहिलेको संविधान उत्कृष्ट भएको भन्दै कार्यान्वयन तहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

साबिकको नवलपरासी जिल्ला संघीयतासँगै लुम्बिनी र गण्डकी प्रदेशमा विभाजित भएपछि जिल्लाको नामकरण नहुँदा पूर्वी र पश्चिम नवलपरासी लेख्नु परेको भन्दै संविधान संशोधन गरेर जिल्लाको नाम नवलपुर राख्न माग गरेका थिए ।


प्रकाशित : आश्विन ३, २०८१ १८:२९
×