पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का अवधेश कुशवाहले मिटरब्याजबाट छुटकारा पाउन लामो संघर्ष गरिरहेका छन् । आफ्नो पीडाबारे स्थानीयदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गराइसकेका छन् ।
पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । एउटा वयस्क पोथी गैंडा र गैंडाको बच्चा (केटो) मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । परासी-भूमही सडकखण्डअन्तर्गत सुनवल-१२ भूमहीमा लु २ ख १२२६ नं. को बस र वाग्मती प्रदेश ०१-०२५ च ३८९७ नं. को कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
पश्चिम नवलपरासीका सीमावर्ती क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार बढेको छ । भारतीय सीमावर्ती क्षेत्रबाट खाद्यान्न, मोटरपार्ट्स, हरियो केराउ, विद्युतीय सामग्री र कपडा भन्सार छलेर नेपाल भित्रिने गरेको हो । सीमानाकाका भित्री सडक हुँदै सुरक्षाकर्मीकै अगाडि सामान ओसारपसार हुँदा समेत सरोकारवाला निकाय मौन बसेको सर्वसाधारणको गुनासो छ ।
रुपन्देहीको कोटहीमाई–७ का ७८ वर्षीय असर्फी कलवारको दैनिकी बदलिएको छ । बिहानै उठेर गोठको काम गर्ने उनी केही दिनयता बिस्तारामै दिन कटाउँछन् । ‘घरभरि डिंगाबाच्छा छन्, खेतीपाती छ, काम नगरे खान पुग्दैन,’ उनले भने, ‘चिसो यस्तै भइरहे मरिन्छ कि ?’ बुढेसकालमा घाम प्यारो लाग्ने उनले बताए ।
पश्चिम नवलपरासीमा सीमा-नाकामा हुने चोरी तस्करीमा मिलेमतो गरेको र त्यहाँ हुने अवैध धन्दा रोक्न नसकेको भन्दै जिल्लाको जनपथ र सशस्त्र प्रहरीका प्रमुख हेडक्वार्टर तानिएका छन् । जनपथ प्रहरीका एसपी ऋषिराम कँडेललाई चार दिनअघि प्रहरी प्रधान कार्यालय तानिएको हो ।