प्रतापपुरवासीलाई २० युनिट विद्युत महसुल निःशुल्क

स्थानीयका कृषि प्रयोजनका लागि राखिएका विद्युत मिटरको सबै महसुल पनि पालिकाले नै ब्याेहोरिदिने भएको छ ।

असार १३, २०८३

नवीन पौडेल

20 units of electricity bill free for Pratappur residents

परासी — पश्चिमनवलपरासीको प्रतापपुर गाउँपालिकाले २० युनिटसम्मको घरेलु विद्युत महसुल निःशुल्क गर्ने भएको छ । पालिका सभाले स्थानीयका कृषि प्रयोजनका लागि राखिएका मिटरको सबै बिल र घरेलु प्रयोजनका लागि राखिएका मिटरको २० युनिटसम्म निःशुल्क दिने प्रस्ताव पारित गरेको हो ।

‘पालिकाभित्रका विपन्न बासिन्दालाई मध्येनजर गर्दै आर्थिक वर्ष २०८३/८४ बाट लागु हुने गरेर पालिकाले यो योजना ल्याएको हो,’ प्रतापपुरका अध्यक्ष उमेशचन्द्र यादवले भने, ‘जसले घरेलु प्रयोजनको लागि न्यूनतम विद्युत उपयोग गरेर पनि बिद्युत बिल तिर्न नसक्ने अवस्थामा हुनुहुन्छ,’ उनले भने, ‘यसै गरेर पालिकाले सिाचाइका लागि प्रयोग गरिएको बिद्युत मिटरको सबै सबल पालिकाले व्योर्होने छ ।’

केन्द्र सरकारले बिद्युतमा भ्याट लगाउँदा स्थानीय सरकारले भने राहतको योजना अघि सारेको हो । त्यसैगरी, पालिकामा सञ्चालन हुने ठूला उद्योगलाई पाँच वर्षसम्म पालिकामा लाग्ने सबै कर पनि छुट दिइने भएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully