भैरहवा–परासी खण्डमा ३० चालकको परीक्षणमा ५ लापसे गरेका

भैरहवा–परासी सडकखण्डमा ३० चालक परीक्षण गर्दा ५ जनाले लागुपदार्थ सेवन गरेको पाइएको छ।

असार ११, २०८३

नवीन पौडेल

5 fail in Bhairahawa-Parasi section test of 30 drivers

परासी — पश्चिम नवलपरासीमा लागुपदार्थ सेवन गरेर सवारी चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्तरुपमा मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको  जाँच गर्दा लापसे गरेको भेटिएपछि नियन्त्रणमा लियर मुद्दा  चलाउने तयारी भैरहेको छ । 

जिल्ला प्रहरी कार्यालय परासीका डिएसपी मदन थापाका अनुसार ३० जना चालकमा गरिएको परीक्षणमा ५ जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको बताए । 

भैरहवा–परासी सडक खण्डमा चालकको परीक्षण गरिएको थियो । मापसे सेवन गर्दा यात्रु र प्रहरीले थाहा पाउने भएपछि पछिल्लो समय चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाएको भेटिएको हो ।  

लागुऔषध सेवन गरी तीव्र गति र लापरवाहीका साथ सवारी चलाउँदा  दुर्घटनाको जोखिम बढेकाले मापसे र लापसे परीक्षणलाई तिब्रता दिएको प्रहरीले जनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully