पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
परासी — पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा लु. प्र. ०१–००१ ख ०६६५ नम्बरको यात्रुवाहक बसलाई ना.५ ख १९०५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन थापाका अनुसार दुर्घटनामा परी पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–६ निवासी ३० वर्षीया नेहा गुरुङको मृत्यु भएको छ । घाइते भएकी गुरुङको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको हो ।
