सहायक प्रमुख जिल्ला अधिकारीको खानामा शङ्खे किरा, होटललाई ५० हजार जरिवाना 

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो ।

असार ११, २०८३

नवीन पौडेल

Conch worm found in Assistant Chief District Officer's food, hotel fined Rs. 50,000

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ स्थित रोयल कटेज रेस्टुरेन्टलाई  जिल्ला अनुगमन समितिले ५० हजार जरिवाना गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले खाना खानेक्रममा खानामा शङ्खे किरा भेटिएपछि होटलमा जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लंघन गरेको, होटलमा प्रयोग भएको सामग्रीसमेत अस्वस्थकर भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले बताए । 

सहायक प्रमुख जिल्ला अधिकारी सहित  घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीले तत्काल अनुगमन गरेर  ५० हजार जरिवाना र आगामी दिनमा यस्तो गल्ती नगर्न निर्देशन दिएको थियो । 

बर्दघाट नगरपालिकाका वडाहरुलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको टोलीले अनुगमनपश्चात् उक्त होटलमा खान गएका थिए । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully