कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

मध्यविन्दु नगरपालिकामा जैविक मल उत्पादन सुरु 

आश्विन १, २०८१
मध्यविन्दु नगरपालिकामा जैविक मल उत्पादन सुरु 

नवलपुर — पूर्वीनवलपरासीको मध्यविन्दु नगरपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । नगरभित्रबाट संकलन गरिएको जैविक फोहोरलाई प्रयोग गरेर अत्याधुनिक प्रविधि सहितको जैविक मल उत्पादन केन्द्र संचालनमा ल्याइएको हो ।

मल तथा फोहोर प्रशोधन केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार उद्‌घाटन गरे । कार्यक्रममा बोल्दै पाण्डेले फोहोरलाई व्यवस्थितरुपमा वर्गीकरण गर्ने हो भने आम्दानीको स्रोत र वातावरण स्वच्छ हुने भएकाले प्रदेश सरकारले यसमा विशेष जोड दिएको बताए ।

मध्यविन्दु नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रमअन्तर्गत जैविक मल उत्पादन सुरु भएको हो । गाउँघरमा संकलन हुने पातपतिंगर, कुहिने वस्तु, तरकारी, गाईवस्तुका मलमूत्रसँगै मिसाएर निश्चित दिनसम्म छोपर कुहाएको फोहोरलाई प्लान्टमा राखेर प्रशोधन गर्ने गरिन्छ । यहाँ उत्पादन भएको जैविक मल नगरवासीलाई सहुलियत दरमा उपलब्ध गराइने छ ।

जैविक मल उत्पादन तथा सरसफाइ केन्द्रमा हालसम्म करिब ४ करोड ५० लाख रूपैयाँ खर्च भएको र यस वर्ष थप २ करोड रकम विनियोजन गरेको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले बताए ।

मुख्यमन्त्री पाण्डेले आज मध्यविन्दु नगरपालिकाका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।


प्रकाशित : आश्विन १, २०८१ २१:१६
x
×