टुकीकै भरमा रात कटाउँदै आएका जिल्लाका एक सय १५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ । जिल्लाको दमौली र घुमाउने घाट जोड्ने बुद्धसिं मोटर मार्गमा पर्ने बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकाका खहरे, थुमथुमे, व्यासको मास्दी, ढाप, सुँढे र रिजाल्दीमा बिहीबार राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको हो ।
वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण केन्द्र सरकारले यही चैत २० गते शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि यहाँको भिमाद नगरपालिकाले भने नगरक्षेत्रभित्रका विद्यालयमा नियमित पठनपाठन जारी रहने जनाएको छ ।
वन्यजन्तुलाई वनमै पानीको व्यवस्थापन गर्ने उद्देश्यले जिल्लाका सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको छ । पानी र आहाराको खोजीमा विशेष गरी चितुवा बस्ती आएर बालबालिकालाई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले भानु नगरपालिकाको वनक्षेत्रमा पोखरी बनाएको हो ।
कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले मुलुकलाई समृद्धितर्फ लग्न राज्यले कृषिसँगै अन्य उत्पादनका क्षेत्रलाई वृद्धि गर्नुपर्ने बताएका छन् । जिल्लाको दमौलीमा शनिबार आयोजित नेपाल वितरक महासंघको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कृषि क्षेत्रसँगै उद्योग व्यवसायको उत्पादनलाई वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताएका हुन् ।
शुक्लागण्डकी नगरपालिकामा सेती नदीले बगाउँदा एक जनाको मृत्युको छ । नुहाउने क्रममा शुक्लागण्डकी–८ ढोरफिर्दीस्थित सेती नदीले बगाउँदा स्थानीय ४६ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो ।