भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई स्कुले बालबालिकाको मृत्यु

मृत्यु हुनेमा आँबुखैरेनी–२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार १३, २०८३

सम्झना रसाइली

Two school children die in Tanahun after being hit by Indian vehicle

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा शुक्रबार दिउँसो भारतीय गाडीको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी–२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यालयको छुट्टीपछि घरतर्फ पैदल जाँदै गरेका उनीहरुलाई मुग्लिनबाट डुम्रेतर्फ आउँदै गरेको युपी १३ ए क्यु ७७० नम्बरको गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो । सडकछेउ हिँडिरहेका बालबालिकालाई तीव्रगतिमा आएको कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । दुवै बालबालिकालाई तत्काल आँबुखैरेनी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि आँबुखैरेनी अस्पतालले सीएमीसी अस्पताल चितवन रेफर गरेकोमा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् । मृतक सायना र विलियम दाजुभाइका छोराछोरी हुन् ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully