पिकअप भ्यानको ठक्करबाट दुई जनाको मृत्यु

एक जनाको पोखरामा र अर्का घाइतेको तनहुँ सेवा अस्पताल दुलेगौडामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैत्र २८, २०८२

सम्झना रसाइली

Two people killed in pickup van crash

तनहुँ — जिल्लको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा शनिबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको पिकअप  भ्यानले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी गराए ।

एक जनाको पोखरामा र अर्का घाइतेको तनहुँ सेवा अस्पताल दुलेगौडामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तनहुँ सेवा अस्पतालमा मृत्यु हुने स्कुटर चालक हुन् भने पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु हुने स्कुटरमा पछाडि सवार रहेको प्रहरीले जनाएको छ ।

पिकअप भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully