यो विद्यालयबाट ३१३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा करिब ९० प्रतिशत उत्तीर्ण भएका छन्।
तनहुँ — राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाअनुसार जिल्लाको सत्यवती माध्यमिक विद्यालयका ४ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माविका चार जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् ।
४ जीपीए ल्याउनेमा विधान सिग्देल, डेभिड दरै, सुयोग श्रेष्ठ र शुभम थापा रहेका विद्यालयका प्रधानध्यापक इन्द्र पौडेलले बताए । उनका अनुसार विद्यालयबाट ३१३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा करिब ९० प्रतिशत उत्तीर्ण भएका छन् ।
