तनहुँमा बस दुर्घटना, घाइतेको उद्धार जारी

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

वैशाख ११, २०८३

सम्झना रसाइली

Bus accident in Tanahun, rescue of injured continues

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा  शुक्रबार दिउँसो करिब ४ बजे बस दुर्घटना भएको छ।

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली तुरुन्तै घटनास्थलतर्फ खटिएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य जारी रहेको र उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । उक्त बस पृथ्वी समितिअन्तर्गत सञ्चालनमा रहेको बताइएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully