कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

बेंसीसहर–डुम्रे सडक ७ घण्टापछि खुल्यो

भाद्र ३१, २०८१
बेंसीसहर–डुम्रे सडक ७ घण्टापछि खुल्यो

लमजुङ — लमजुङको उदिपुरमा पहिरो गएपछि अवरुद्ध भएको बेंसीसहर–डुम्रे सडक करिब ७ घण्टापछि खुलेको छ । बेंसीसहर नगरपालिका १, उदिपुरको पहिरो नियन्त्रणस्थलसँगै बग्न थालेको नयाँ पहिरोले समय–समयमा सडक अवरुद्ध हुने गरेको छ ।

पछिल्लो समय आइतबार अपरान्ह साढे ४ बजेछि अवरुद्ध सडक राति साढे ११ बजेपछि खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार करिब ७ घण्टापछि सडक सञ्चालनमा आएको छ । सडक खुलाउन इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक चोनु गुरुङ नेतृत्वमा प्रहरी र ट्राफिक प्रहरी खटिएको थियो ।

यस्तै, उदिपुर बजारमै बाढीले थुपारेको गेग्रान पनि हटाएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगैको बाढीपहिरोले उदिपुरदेखि बेंसीसहरतर्फको सडक क्षतिविक्षत बनाएको छ । पहिरो हटाउनुका साथै बजारमा थुप्रिएको ग्रेग्रान हटाएपछि मध्यरात १२ बजे आसपासबाट यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा लमजुङ सदरमुकाम बेंसीसहरका लागि राजधानी काठमाडौं, प्रदेश राजधानी पोखरा साथै चितवनलगायत जिल्लाबाट आउँदै गरेका सवारी साधन दिउँसोदेखि नै उदिपुर बजारमा रोकिएका थिए । बेंसीसहरबाट बाहिरँदै गरेका सवारी साधन पनि पहिरो छेउ रोकिएका थिए । सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ हिँडेको प्रहरीले जनाएको छ ।

लमजुङका वासिन्दाले उदिपुर सडकको विकल्पमा अन्यत्र सडक निर्माण गरी सवारी यात्रालाई सहज बनाउन माग गरेका छन् ।

प्रकाशित : भाद्र ३१, २०८१ ०७:०७
x
×