२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७
उपसभामुखको पदीय आचरण विवाद

प्रधानमन्त्रीलाई रविको चेतावनी : उपसभामुख हटाउन लागेर गलत गर्दै हुनुहुन्छ

भाद्र २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेको बताएका छन् ।...

मानव तस्करीको आरोपमा उपसभामुख रानामगरमाथि छानबिन गर्न सांसदहरुको माग

सांसदहरुले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरमाथि छानबिन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले उपसभामुख रानामगरमाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

उपसभामुख संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्छ : खतिवडा 

कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई पाँच जना व्यक्तिको भिसाको अन्तर्वार्ताको समय सारिदिन भन्दै लेखेको पत्रको विवादको छानबिन गर्नुपर्ने बताएका छन् । संसदीय छानबिन हुँदासम्म उपसभामुख राना संसद् बाहिर बसेर छानबिनमा सहयोग गर्नुपर्ने कांग्रेस सांसद खतिवडाले माग गरेका हुन् । 

पदीय दुरुपयोगको आरोपमा उपसभामुख रानामगरविरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

उपसभामुख इन्दिरा रानामगरविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेको भन्दै भक्तपुरका अर्जुन बास्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् ।

उपसभामुखको अनधिकृत पत्र : अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो तीन महिनादेखि रास्वपाभित्रै गुपचुप

उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन महिनाअघि नै जानकारी भएको खुलासा भएको छ । अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि ‘लेनदेन मिलेको’ भन्दै रास्वपाले यो विषय गुपचुप राखेको थियो । यो प्रकरण सतहमा आएपछि रास्वपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन् ।