कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

बंगलादेशको घटनाबाट हामीले पनि धेरै कुरा सिक्न जरुरी छ : अध्यक्ष दाहाल

श्रावण २१, २०८१
बंगलादेशको घटनाबाट हामीले पनि धेरै कुरा सिक्न जरुरी छ : अध्यक्ष दाहाल

विराटनगर — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत छ भन्दैमा शासकलाई ‘जे पनि गर्ने छुट’ नरहेको भन्दै त्यसो गरिए बंगलादेशको जस्तै दुर्भाग्यपूर्ण स्थिति आउने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग छिमेकी मुलुक बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘बंगलादेशको घटनाबाट हामीले पनि धेरै कुरा सिक्न जरुरी छ,’ उनले भने ।

संविधान संशोधनको पक्षमा आफूहरू पनि रहेको तर जनताको अधिकार कटौती गर्ने प्रयत्न भए त्यसको विरोध गर्ने उनले बताए । ‘हामी संविधान संशोधनको विरोधी होइनौं,’ उनले भने, ‘तर त्यसका नाममा जनताका अधिकार कटौती हुने कुरा हामीलाई कदापि स्वीकार्य छैन ।’

उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगलाई अझै बढी अधिकार सम्पन्न बनाउने पक्षमा संविधान संशोधन हुनुपर्ने दाहालको धारणा थियो । अध्यक्ष दाहालले कांग्रेस र एमाले मिलेर मात्रै संविधान संशोधन सम्भव नभएको पनि बताए ।

प्रकाशित : श्रावण २१, २०८१ २०:३४
×