कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

झापाका साहित्यकार खरेलको निधन

आश्विन १, २०८१
झापाका साहित्यकार खरेलको निधन

झापा — झापाका प्रगतिशील साहित्यकार तथा समालोचक पुण्य खरेलको निधन भएको छ । ६३ वर्षीय उनको काठमाडौंमा मंगलबार बिहान निधन भएको हो । 

विर्तामोड नगरपालिका-५ निवासी मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक खरेलको हृदयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

खरेलको एउटा समालोचना कृति प्रकाशित छ । भाषा तथा साहित्य विषयका अध्येतासमेत रहेका उनी एक साताअघि मुटुमा समस्या भएपछि उपचारका लागि काठमाडौं गएका थिए । उनको काठमाडौंमै निधन भएको हो ।

प्रकाशित : आश्विन १, २०८१ १४:४३
x
×