कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

हसिनाका छोराले भने- उहाँ निराश हुनुहुन्छ, अब राजनीतिमा पुनरागमन हुन्न 

श्रावण २१, २०८१
हसिनाका छोराले भने- उहाँ निराश हुनुहुन्छ, अब राजनीतिमा पुनरागमन हुन्न 

काठमाडौँ — प्रदर्शन चर्किएपछि देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त  निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका छन् । बीबीसी विश्वसेवासँग कुरा गर्दै उनले भनेका छन्-'आफ्नो सबै कडा परिश्रमपछि पनि अल्पसंख्यक आफ्नो विरुद्धमा उठेकोमा उहाँ धेरै निराश हुनुहुन्छ ।' 

प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका वाजेदले हसिनाले हिजोदेखि राजीनामा दिने विचार गरिरहेकी थिइन् । उनले परिवारले आग्रह गरेपछि आफ्नै सुरक्षाको लागि देश छोडेकी हुन् ।

सत्तामा आफ्नी आमाको कामको बचाउ गर्दै उनले भनेका छन्- 'उहाँले बंगलादेशलाई परिवर्तन गर्नुभएको थियो ।उहाँले सत्ता हातमा लिँदा असफल र गरिब देश थियो । आज बंगलादेशलाई एसियाको बाघ मानिन्छ ।' उनले प्रदर्शनकारीहरूमाथि आइतबार भएको हिंसाको प्रतिवाद गर्दै भिडले प्रहरीलाई कुटपिट गरेपछिको स्वाभाविक प्रतिक्रिया भएको बताएका छन् ।

प्रकाशित : श्रावण २१, २०८१ १९:५५
×