कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

ससुराली हिँडेका युवकलाई बकैया खोलाले बगायो

भाद्र २२, २०८१

मकवानपुर — मकवानपुरको पूर्वीक्षेत्रमा रहेको बकैया खोलाले बगाउँदा एकजना युवा बेपत्ता भएका छन् । रौतहट जिल्लास्थित पौराई गाउँपालिका–२ घर भएको २८ वर्षीय अकल माझी ससुराली जाने क्रममा खोला तर्दा बगाएको प्रहरीले जनाएको छ ।

मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित फास्टट्र्याकमा काम गर्दै आएका माझी शुक्रबार दिउँसो २ बजे ससुराली हिँडेका थिए । उनी बकैया–६ जुइनामा जानलाई बकैया खोला तर्ने क्रममा बाढीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

उनका अनुसार माझीको खोजी कार्य भइरहेको छ ।

प्रकाशित : भाद्र २२, २०८१ १०:३६
x
×