२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
पेरिस ओलम्पिक

पेरिसबाट बिदा, लस एन्जलसमा भेट

श्रावण २९, २०८१

भव्य समापन समारोहबीच पेरिस ओलम्पिक-२०२४ सोमबार सकिएको छ । स्टेड डे फ्रान्समा आयोजित कार्यक्रममा हलिउड अभिनेता टम क्रुज रंगशालाको छानाबाट झरे र ओलम्पिक झण्डा ग्रहण गरे  ।...

पेरिस ओलम्पिक २०२४ : पुरुष फुटबलको स्वर्ण स्पेनलाई

अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पछिल्लो वर्चश्वलाई कायम राख्दै स्पेनले पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा स्वर्ण जितेको छ । स्पेनले शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई अतिरिक्त समयमा ५–३ ले हराएको हो ।

पेरिस ओलम्पिक : नदीमले दिलाए पाकिस्तानलाई ४० वर्षपछि स्वर्ण

पाकिस्तानका अरशद नदीमले पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तान व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो ।

ओलम्पिकको अर्थशास्त्र

सन् १८९६ मा पहिलो आधुनिक ओपम्पिक खेल आयोजना गरेयता यसको नाटकीय विकास भइसकेको छ । बीसौं शताब्दी मध्यतिर आयोजक राष्ट्रहरूको काँधमा ओलम्पिकको बोझका साथै खेलबाट प्राप्त हुने रकम दुवै बढेसँगै थुप्रै विवादहरू उत्पन्न भए ।

आईओसीलाई भारतीय प्रायोजकको अपेक्षा

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले चाँडै भारतीय प्रायोजक पाउने अपेक्षा गरेको छ । यसले ओलम्पिक वृत्तमा भारतको बढ्दो प्रभावलाई देखाउँछ । आईओसीसँग अहिले माथिल्लो स्तरको १५ प्रायोजक साझेदार छन् । उनीहरूले प्रत्येक वर्ष सामूहिक रूपमा ७४ करोड डलर बराबरको रकम वा सेवा प्रदान गर्ने गर्छन् । यी प्रायोजकमा कुनै भारतीय कम्पनी भने रहेका छैनन् ।

भारतीय कुस्तीबाज विनेश फोगाटले भनिन् : अलबिदा कुस्ती !

पेरिस ओलम्पिकमा कुस्तीमा ५० किलो तौल समूहको फाइनलअघि अयोग्य करार भएपछि भारतीय कुस्तीबाज विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले कुस्तीलाई 'अलबिदा' भनेकी छिन् ।  

कुस्तीवाज लोपेजलाई लगातार पाँच स्वर्ण

अन्त्यमा कुस्तीको रिङभित्र उनी एक्लै थिए । बाहिर उनको नाम गुन्जिरहेको थियो । उनले दुवै जुत्ता फुकाले । त्यसलाई माथि उठाए । पछि म्याटको बीचमा छाडे अनि बाहिर निस्किए । क्युबाका कुस्तीवाज मिजैन लोपेज नुनेजको छैटौं ओलम्पिक सहभागिता थियो ।

पेरिस ओलम्पिक :  फाइनलअघि भारतीय कुस्तीबाज विनेश फोगाट अयोग्य घोषित

भारतीय कुस्तीबाज विनेश फोगाट बुधबार पेरिस ओलम्पिकको ५० किलो तौल समूहको प्रतिस्पर्धाबाट ‘डिसक्वालिफाइड’ भएकी छिन् । फाइनल खेलअगाडि उनलाई स्तब्धपूर्ण रूपमा प्रतियोगिताबाट बाहिर राखिएको हो ।

लोपेजले जिते ओलम्पिकमा लगातार पाँचौँ स्वर्ण

क्युबाली कुस्तीबाज मिजेन लोपेजले मंगलबार पेरिस ओलम्पिकमा ऐतिहासिक सफलता चुमेका हुन् । उनी ओलम्पिक इतिहासमै पहिलो पटक लगातार पाँच संस्करणको एउटै स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन् ।

आर्मन्डको विश्व कीर्तिमान

स्विडेनका आर्मन्ड डुप्लान्टिसले आफ्नै नाममा रहेको विश्व कीर्तिमानमा सुधार गर्दै पेरिस ओलम्पिकको पोलभल्टमा सोमबार स्वर्ण पदक जितेका छन् । स्टाडे डे फ्रान्समा भएको प्रतिस्पर्धामा उनले ६.२५ मिटरको दूरी नाघेका थिए ।

पदकधारी युक्रेनीको लामो बाटो

पेरिस ओलम्फिकमा जति युक्रेनी खेलाडीले पदक जिते, तिनको घर फर्काइ सजिलो रहने छैन । कीर्तिमानी हाइजम्पका यारोस्लाभा महुचिख र इरायना गेरासचेन्को तथा ह्यामर थ्रोका मखायालो कोखानाले सोमबार ओलम्पिक भिलेज छाडे ।

पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकाको अग्रता

अमेरिकाले पेरिस ओलम्पिक २०२४ मा मंगलबार पदक तालिकातर्फ ठोस अग्रता लिएको छ । प्रतियोगिताको ११औं दिन अमेरिका २४ स्वर्ण ३१ रजत र ३१ कांस्यसहित शीर्ष स्थानमा छ । उसको कुल पदक संख्या ८६ पुगेको छ ।

तीव्र प्रतिस्पर्धामा १०० मिटरको स्वर्ण

यो आधुनिक ओलम्पिकमै सबैभन्दा नजिकको १०० मिटर दौड रह्यो । त्यसमा अमेरिकी स्प्रिन्टर नोह लायल्स पहिलो भएका छन् । त्यससँगै सन् २००४ यता पहिलो पटक पुरुष १०० मिटर दौडको प्रतिष्ठित स्वर्ण अमेरिकामा नाममा गएको छ । लायल्सले जित फोटो फिनिसमा भएको थियो ।

पेरिस ओलम्पिक : अमेरिकालाई उछिनेर चीन फेरि अगाडि

पेरिस ओलम्पिक २०२४ को दसौं दिनको समाप्तिमा चीनले सोमबार पदक तालिकामा फेरि शीर्ष स्थान कब्जा गरेको छ । चीनको २१ स्वर्ण, १८ रजत र १४ कांस्य भएको छ ।

पेरिस ओलम्पिक : पदक तालिकामा चीनलाई अमेरिकाले उछिन्यो 

अमेरिकाले पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा नवौं दिन आइतबार चीनलाई पहिलो पटक उछिनेर शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ स्वर्ण, २६ रजत र २६ कांस्य भएको छ ।

क्याटीले बनाइन् नयाँ इतिहास

जति बेला प्रत्येक वर्ष अगस्ट ३ आउने गर्छ, क्याटी लुडेकी आफूले त्यही दिन ओलम्पिकको पहिलो स्वर्ण जितेकी थिइन् । त्यति बेला उनी भर्खर १५ वर्षकी थिइन् । हाईस्कुलमा पढिरहेकी थिइन्, अविश्वसनीय रूपमा अमेरिकी टिममा परिन् र लन्डन ओलम्पिकमा पुगिन् । 

जोकोभिचलाई स्वर्ण

नोभाक जोकोभिचले रोलान्ड ग्यारोसमा कार्लोस अल्कारेजलाई पराजित गर्दै आइतबार पेरिस ओलम्पिक २०२४ को टेनिस एकलको स्वर्ण पदक जितेका छन् । यससँगै जोकोभिचको ओलम्पिक स्वर्ण जित्ने सपना पूरा भएको छ । यो जितपछि उनले गत विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदला पनि लिएका छन् ।

जुलियन बनिन् नयाँ ‘स्प्रिन्ट क्विन’

‘मलाई पहिलो हुन खुबै मन लाग्छ ।’ क्यारेबियन आइल्यान्ड सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले आफ्नो देशका लागि पहिलो पदक जित्ने सम्भावनालाई इंगित गर्दै यस्तै भनेकी थिइन् । 

पेरिस ओलम्पिक : महिला सय मिटर दौडको स्वर्ण अल्फ्रेडलाई

सेन्ट लुइसकी जुलियन अल्फ्रेडले शनिबार पेरिस ओलम्पिक २०२४ को महिला सय मिटर दौडको प्रतिष्ठित स्वर्ण जितेकी छिन् । सेन्ट लुइसले ओलम्पिक इतिहासमा जितेको यो नै पहिलो पदक हो ।