कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक : पुरुष बास्केटबल र महिला फुटबलको स्वर्ण अमेरिकालाई

श्रावण २७, २०८१
पेरिस ओलम्पिक : पुरुष बास्केटबल र महिला फुटबलको स्वर्ण अमेरिकालाई

काठमाडौँ — अमेरिकाले पेरिस ओलम्पिकमा शनिबार पुरुष बास्केटबल र महिला फुटबलको स्वर्ण जितेको छ । एनबीएका स्टार खेलाडीले भरिएको अमेरिकाले पुरुष बास्केटबलको फाइनलमा फ्रान्सलाई ९८–८७ ले हरायो ।

महिला फुटबलको फाइनलमा अमेरिकाले ब्राजिललाई १–० ले पराजित गरेको हो । त्यसमा अमेरिकाका लागि म्यालोरी पुघले ५७ औं मिनेटमा निर्णायक गोल गरिन् । सन् २०१२ यता अमेरिकाले महिला फुटबलमा स्वर्ण जितेको हो ।

लैंगिक योग्यतको विवादमा फसेकी लिन युनले पनि बक्सिङमा स्वर्ण जितेकी छिन् । ताइवानकी युनले पोल्यान्डकी जुलिया जरेमेटालाई पराजित गरिन् । यसअघि अल्जेरियाका इमान खलिफले पनि विवादबीच स्वर्ण जितेकी थिइन् ।

ओलम्पिकको १५ कौ दिनको समाप्तीमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्यसहित शीर्ष स्थानमा छ । उसको पछाडि अमेरिकाको ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्य रहेको छ । त्यसपछि अस्ट्रेलिया र जापानको समान १८ स्वर्ण छ । यस्तै आयोजक फ्रान्स १६ स्वर्णसहित पाँचौं स्थानमा छ ।

प्रकाशित : श्रावण २७, २०८१ ०६:४१
×