कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक : पदक तालिकामा चीनलाई अमेरिकाले उछिन्यो 

श्रावण २१, २०८१
पेरिस ओलम्पिक : पदक तालिकामा चीनलाई अमेरिकाले उछिन्यो 

काठमाडौँ — अमेरिकाले पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा नवौं दिन आइतबार चीनलाई पहिलो पटक उछिनेर शीर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १९ स्वर्ण, २६ रजत र २६ कांस्य भएको छ ।

चीन १९ स्वर्ण, १५ रजत र ११ कांस्यसहित दोस्रो स्थानमा छ । यस्तै आयोजक फ्रान्स १२ स्वर्ण, १४ रजत र १८ कांस्य छ । त्यसपछि अस्ट्रेलिया, बेलायत र दक्षिण कोरिया रहेका छन् ।

ओलम्पिकको सबैभन्दा प्रतिष्ठित मानिने पुरुष सय मिटर दौडमा अमेरिकाका नोह लेयसले स्वर्ण जितेका छन् । उनले एक सेकेन्डको पाँच हजारको एक भागले जमैकाका किसेन थोम्सनलाई नाटकीय ढंगले दोस्रो स्थानमा पारेका हुन् ।

लेयसले ९.७९ सेकेन्डमा दौड पूरा गरे । यत्तिकै समयमा ओलम्पिकमा डेब्यु गरिरहेका थोम्सनले पनि दौड पूरा गरेका हुन् ।


प्रकाशित : श्रावण २१, २०८१ ०६:४२
×