कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

स्केट बोर्ड र रोलर स्केट प्रतियोगिता हुने 

आश्विन १, २०८१
स्केट बोर्ड र रोलर स्केट प्रतियोगिता हुने 

काठमाडौँ — स्केटिङ एन्ड स्केट बोर्डिङ संघ वाग्मती प्रदेशको आयोजनामा असोज ४ र ५ गते काठमाडौंमा ‘जाम जाम स्केट जाम’ स्केटबोर्ड  प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा स्केट बोर्ड र रोलर स्केट गरी दुई विधामा प्रतिस्पर्धा हुने र त्यसमा सातै प्रदेशका १ सय ७० खेलाडीले भाग लिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा वाग्मती प्रदेश स्केटबोर्डका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी गराए ।

थापाथलीस्थित इन्जिनियरिङ कलेजमा हुने रोलर स्केटमा १ सय प्रतिस्पर्धी हुनेछन् भने स्केटबोर्ड पुल्चोक क्याम्पसको कोर्टमा हुनेछ । त्यसमा ७० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता खुला रूपमा हुनेछ । त्यसमा पुरुष र महिला दुवैले एउटै इभेन्टमा बराबरी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने पनि आयोजकले जनाएको छ ।

खेलको शीर्ष चार स्थानमा आउने खेलाडीले क्रमश: ३० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल अनुमानित बजेट ८ लाख रुपैयाँ छ ।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्थानीय पालिकाहरूसँग खेलको विकासका लागि समन्वय गर्दै अघि बढ्ने नीतिअनुरुप काठमाडौं महानगरपालिकाबाट स्केट बोर्डको पूर्वाधार बनाउन जग्गा प्राप्त भइसकेको बताए । संघले आवश्यक खेल पूर्वाधार निर्माण गर्न पहल थालिसकेको पनि अध्यक्ष खनालले जानकारी गराए ।

प्रकाशित : आश्विन १, २०८१ १७:५०
x
×