कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मनमैंजु च्याम्पियन, सुजिन र प्राश्ना उत्कृष्ट

आश्विन १, २०८१
मनमैंजु च्याम्पियन, सुजिन र प्राश्ना उत्कृष्ट

काठमाडौँ — मनमैंजु डोजो मंगलबार प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा टिम च्याम्पियन भएको छ । काठमाडौं युरो स्कुलमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैंजु टिम च्याम्पियन बनेको हो ।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो ३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्दै दोस्रो भयो । गोंगबु डोजोले ३ स्वर्ण, ३ रजत र २ कांस्य जितेर तेस्रो स्थान हात पारेको थियो ।

पुरुषमा टोखा भैरवका सुजिन तामाङ र महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए । पशुपति डोजो अनुशासित टिम ठहरियो ।

विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य–सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले पुरस्कृत गरे । टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : आश्विन १, २०८१ २०:१५
x
×