कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक २०२४ : पुरुष फुटबलको स्वर्ण स्पेनलाई

श्रावण २६, २०८१
पेरिस ओलम्पिक २०२४ : पुरुष फुटबलको स्वर्ण स्पेनलाई

काठमाडौँ — अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो पछिल्लो वर्चश्वलाई कायम राख्दै स्पेनले पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा स्वर्ण जितेको छ । स्पेनले शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई अतिरिक्त समयमा ५–३ ले हराएको हो ।

स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो । अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो ।

स्पेनले इंग्ल्यान्डलाई हराएर युरो २०२४ को उपाधि पनि जितेको थियो । यस्तै मेन्स यू–१९ को उपाधि विजेता स्पेन वुमेन्स विश्वकपको पनि च्याम्पियन हो ।

महिला बक्सिङमा भने विवादबाट घेरिएकी इमाने खलिफले स्वर्ण जितेकी छिन् । अल्जेरियाकी खलिफले वेल्टरवेट समूहमा चीनकी याङ लिउलाई सजिलै हराइन् । लैंगिक योग्यताका लागि उनी विवादमा परेकी थिइन् ।

प्रतियोगिताको १३ औं दिनको समाप्तिमा अमेरिका र चीनको समान ३३ स्वर्ण रहेको छ । अमेरिका ३९ रजत र ३९ नै कांस्य सहित शीर्ष स्थानमा छ । चीनको २७ रजत र २३ कांस्य रहेको छ ।

प्रकाशित : श्रावण २६, २०८१ ०७:०४
×