कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक : नदीमले दिलाए पाकिस्तानलाई ४० वर्षपछि स्वर्ण

श्रावण २५, २०८१
पेरिस ओलम्पिक : नदीमले दिलाए पाकिस्तानलाई ४० वर्षपछि स्वर्ण

काठमाडौँ — पाकिस्तानका अरशद नदीमले पेरिस ओलम्पिक २०२४ मा बिहीबार पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमै पाकिस्तान व्यक्तिगत विधातर्फ स्वर्ण जितेको यो पहिलो पटक हो ।

नदीमले ओलम्पिक कीर्तिमान बनाउने क्रममा ९२.९७ मिटरको थ्रो गरे । भारतका निरज चोपडा ८९.४५ मिटरको थ्रोमा दोस्रो भए । पाकिस्तानी खेलाडी सन् २०२२ को कमनवेल्थ गेम्सका च्याम्पियन पनि हुन् ।

पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको भने यो ४० वर्षयता पहिलो हो । यसअघि पाकिस्तानले सन् १९६०, १९६८ र १९८४ मा पुरुष हक्कीमा स्वर्ण पदक जितेको थियो । व्यक्तिगत विधातर्फ पाकिस्तानले सन् १९६० मा कुस्तीतर्फ तथा सन् १९८८ बक्सिङतर्फ एक एक कांस्य जितेको थियो ।

प्रतियोगिताको समग्र पदक तालिकामा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कांस्यसहित शीर्ष स्थानमा छ । चीन २९ स्वर्ण, २५ रजत र १९ कांस्यसहित दोस्रोमा छ । यस्तै तेस्रो स्थानमा अस्ट्रेलियाको १८ स्वर्ण, १४ रजत र १३ कास्य रहेको छ ।

प्रकाशित : श्रावण २५, २०८१ ०६:३४
×