कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक :  फाइनलअघि भारतीय कुस्तीबाज विनेश फोगाट अयोग्य घोषित

श्रावण २३, २०८१
पेरिस ओलम्पिक :  फाइनलअघि भारतीय कुस्तीबाज विनेश फोगाट अयोग्य घोषित

काठमाडौँ — भारतीय कुस्तीबाज विनेश फोगाट बुधबार पेरिस ओलम्पिकको ५० किलो तौल समूहको प्रतिस्पर्धाबाट ‘डिसक्वालिफाइड’ भएकी छिन् । फाइनल खेलअगाडि उनलाई स्तब्धपूर्ण रूपमा प्रतियोगिताबाट बाहिर राखिएको हो ।

धेरै तौलका कारण स्वर्ण पदकको भीडन्त अगाडि उनलाई खेल्न अयोग्य घोषित गरिएको हो । त्यस अगाडि उनले सेमिफाइनलमा क्युबाकी लोपेज गुजमानलाई हराएकी थिइन् ।

विनेश ओलम्पिकको फाइनल पुग्ने पहिलो भारतीय कुस्तीबाज भएकी थिइन् । उनमा सय ग्राम बराबरको तौल बढी पाइएको थियो । मंगलबार राति उनले तौल घटाउन पूरा प्रयास गरे पनि सफल भइनन् । फाइनलमा हार नै बेहोर्न परेको भए पनि विनेशले रजत पदक जित्ने पक्का थियो । अयोग्यताको अर्थ अब उनी कुनै पनि पदकका लागि योग्य हुने छैनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मा विनेश अयोग्य घोषित भएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले फेसबुकमा लेखेका छन्, 'विनेश तपाईं च्याम्पियनको पनि च्याम्पियन हुनुहुन्छ । तपाईं भारतको गौरव र हर एक भारतीयका लागि प्रेरणा हुनुहुन्छ । आजको सेटब्याकले दु:खी बनाएको छ । कास, मैले त्यो पीडालाई अनुभव गरिरहेको छु र त्यसलाई शब्दमा बयान गर्न सक्थेँ ।'

प्रकाशित : श्रावण २३, २०८१ १३:४५
×