कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

पेरिस ओलम्पिक : अमेरिकालाई उछिनेर चीन फेरि अगाडि

श्रावण २२, २०८१
पेरिस ओलम्पिक : अमेरिकालाई उछिनेर चीन फेरि अगाडि

काठमाडौँ — पेरिस ओलम्पिक २०२४ को दसौं दिनको समाप्तिमा चीनले सोमबार पदक तालिकामा फेरि शीर्ष स्थान कब्जा गरेको छ । चीनको २१ स्वर्ण, १८ रजत र १४ कांस्य भएको छ ।

अमेरिका दोस्रो स्थानमा झरेको छ । उसको २० स्वर्ण, ३० रजत र २८ कांस्य रहेको छ । जितेको कुल पदकमा भने अमेरिका अगाडि छ र यसको संख्या ७८ रहेको छ ।

उनीहरूको पछाडि अस्ट्रेलियाको १३ तथा फ्रान्स र बेलायतको समान १२ स्वर्ण रहेको छ । यसतै दक्षिण कोरियाले ११ र जापानले १० स्वर्ण जितेको छ ।बेलायतकी केली हडकिन्सनले महिला आठ सय मिटर दौडमा स्वर्ण जितिन् । यो उनको खेल जीवनको पहिलो स्वर्ण हो ।

पुरुष पोल भल्टमा स्विडेनका आरमन्ड डुप्लान्टिसले नयाँ ओलम्पिक कीर्तिमानसहित स्वर्ण जिते ।उनले ६.१० मिटरको उचाइ पार गरेका हुन् । पुरुष फुटबलको फाइनलमा स्पेन र फ्रान्स भिड्ने भएका छन् । सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २–१ ले हरायो भने फ्रान्स इजिप्टमाथि अतिरिक्त समयको खेलपछि ३–१ ले विजयी रह्यो ।


प्रकाशित : श्रावण २२, २०८१ ०६:४८
×