इङ्ग्लिस स्ट्राइकर ह्यारी केनले सोमबार टोटनहमका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन् । उनको यो कीर्तिमानीसँगै निर्णायक गोलको मद्दतले इङ्ग्लिस प्रिमियर लिगमा टोटनहमले फुलहमलाई १–० गोलान्तरले पराजित गरेको छ ।
म्यानचेस्टर सिटीका लागि इर्लिङ हालन्डले गरेको चौथो ह्याट्रिकको मद्दतले पेप ग्वार्डिओलाको टिमले आइतबार इंग्लिस प्रिमियर लिगमा रेलिगेसन दबाबबाट गुज्रिरहेको उल्भ्सलाई ३–० ले हराएको छ । यस प्रदर्शनसँगै सबै प्रतियोगितामा गरेर हालन्डको गोल संख्या यस सिजन ३१ पुगेको छ ।
इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामले शनिबार एभरटनलाई २–० ले हराएको छ । यो जितपछि वेस्ट ह्यामले राहत महसुस गरेको छ । खेलका दुवै गोल जरोड बोवेनले पहिलो हाफमा गरे ।
इटालियनकपबाट बाहिरिएको चोट बिर्सदै सिरी 'ए'को शीर्ष स्थानमा रहेको नेपोलीले शनिबार आफ्नो छिमेकी प्रतिद्वन्द्वी सालेरनिटानालाई २–० ले हराएको छ । नेपोलीका लागि जियोभानी डि लोरेन्जो र भिक्टर ओसिमहेनले गोल गरे ।
प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको रियल म्याड्रिडले कोपा डेल रेको क्वाटरफाइनल प्रवेशका लागि बिहीबार भिल्लारियलमाथि ३–२ को कठिन जित निकालेको छ । रियलले दुई गोलले पछाडि रहेको स्थितिमा ३० मिनेटभित्र तीन गोल गरेको थियो ।
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार टोटनहममाथि ४–२ को उत्कृष्ट पुनरागमन जित रचेको छ । यससँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलसँगको दुरी पनि पाँच अंकमा छोट्याएको छ ।
म्यानचेस्टर युनाइटेडको इंग्लिस प्रिमियर लिग उपाधि होडमा बुधबार क्रिस्टल प्यालेसको हातबाट गम्भीर धक्का पुगेको छ । अर्को साता आर्सनलको भ्रमणमा निस्कन अगाडि युनाइटेड १–१ को बराबरीमा रोकिएको हो ।
भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलबाट प्रेरित इन्टर मिलानले छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ । इन्टरले यो उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो ।
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आठ अंकको ठोस अग्रता । त्यसमाथि सललल बग्ने मीठो खेल । अझ त्यसमाथि आफ्नो सबैभन्दा ठूलो शत्रु क्लबको घरमै प्राप्त प्रभावशाली जित । आर्सनललाई यस सिजनमा यो भन्दा बढी के नै चाहियो र ? आर्सनलले आइतबार टोटेनहमलाई उसकै घरमा २–० ले पराजित गर्यो ।