सफलताको अझ नजिक पुगेको राइसको दाबी

फ्रान्सलाई हराएयता मिडियासँगको कुराकानीमा डेक्लन राइसले भने, ‘लामो समयपछि अहिलेको इंग्लिस टिम नै सबैभन्दा राम्रो हो, यसमा सत्ययता छ, यसलाई कसैले नकार्न सक्दैन् ।’

श्रावण ३, २०८३

एपी

Rice claims to be closer to success

What you should know

मियामी — विश्वकप २०२६ को तेस्रो स्थानका लागि शनिबार भएको खेलमा इंग्लिस टिमको कप्तानी गरेका डेक्लन राइसले आफूहरू ठूलो सफलता अझ नजिक पुगेको दाबी गरेका छन् । उनले फ्रान्सलाई हराएयता मिडियासँगको कुराकानीमा भने, ‘लामो समयपछि अहिलेको इंग्लिस टिम नै सबैभन्दा राम्रो हो, यसमा सत्ययता छ, यसलाई कसैले नकार्न सक्दैन् ।’

इंग्ल्यान्ड सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध पराजित रहेको थियो र यससँगै तेस्रो स्थानका लागि खेल्न बाध्य रहेको थियो । तर यसमै राइस सकारात्मक रहे । उनकै गोलले इंग्ल्यान्डले तेस्रो मिनेटमै अग्रता लिएको थियो र यो ठूला प्रतियोगितामा इंग्ल्यान्डबाट सम्भव दोस्रो सबैभन्दा छिटो गोल पनि रह्यो । उनले भने, ‘एउटा टिमका रूपमा हामीले गर्व महसुस गरिरहेका छौं, हामी खालि सेमिफाइनलमा पराजित रह्यौं ।’

उनलाई गोलको खाता खोल्नका लागि दुई मिनेट १४ सेकेन्डको मात्र आवश्यकता परेको थियो । यसअघि ब्रायन रोब्सनले सन् १९८२ मा फ्रान्सविरुद्धकै लिग चरणको खेलमा २८ सेकेन्डभित्र गोल गरेका थिए । विश्वकपमा सबैभन्दा छिटो गोल भने टर्कीका हाकन सुकरको नाममा छ । उनले दक्षिण कोरियाविरुद्ध २००२ मा ११ सेकेन्डभित्र गोल गरेका थिए ।

राइसले अगाडि भने, ‘हामी सेमिफाइनल अथवा क्वाटरफाइनल पुग्यौ भनेर भन्न थालेको पनि धेरै भयो । हाम्रो अन्तिम लक्ष्य त इंग्ल्यान्डका लागि ठूलो उपाधि जित्नु नै हो । यसबीच पनि विश्वकप जत्तिको ठूलो प्रतियोगितामा तेस्रो हुनु पनि कम्तीमा उपलब्धी चाहिँ होइन् । मलाई लाग्छ, हामी ठूलो उपाधि जित्न सक्ने संघारमा पुगेका छौं । हामीले अगाडि बढ्ने क्रम जारी राख्नु पर्छ ।’

त्यसो भए इंग्ल्यान्डले ठूलो प्रतियोगिता जित्ने कहिले आउने छ त ? यसका लागि के गर्नु पर्नेछ त ? इंग्ल्यान्डका खेलाडी तेस्रो स्थानको पदकमा पनि खुसी देखिए र यसक्रममा आफ्ना समर्थकलाई धन्यवाद दिन बिर्सेनन् । यसक्रममा इंग्ल्यान्डका सहायक प्रशिक्षक एन्थोनी बारीले भने, ‘अहिलेका लागि टिम भावनात्मक रहेको छ, अपसोच सायद अब रहेन् ।’

उनले थपे, ‘अहिले मसँग हाम्रा खेलाडी कति खुसी छन् भनेर बयान गर्न शब्द छैन् । मलाई लाग्छ, उनीहरूले मनभित्र अनेक पीडा छुपाएर पनि बहादुरीपूर्वक खेले । आजको खेल अगाडिसम्म पनि सबै खेलाडी निराश देखिन्थे । तर एकपल्ट आज मैदानमा ओर्लिएपछि सबैले आफ्नो टिमका लागि शतप्रतिशत दिएर खेले । यो टिम भावनाको प्रशंसा गर्नै पर्छ ।’

विश्वकप २०२६

एपी

Link copied successfully