विश्वकपभर फिफा अध्यक्ष इन्फान्टिनोको हवाई उडान: ९५ हजार किमि यात्रा, ५ दिन हावामै

इन्फान्टिनो सवार निजी जेटको उडान विवरणको विश्लेषण अनुसार, स्पेन विश्वविजेता बन्दासम्म उनले पृथ्वीलाई झन्डै साढे दुई पटक फन्को मार्न पुग्ने दूरी तय गरिसकेका थिए ।

श्रावण ४, २०८३

एपी

FIFA President Infantino's flight throughout the World Cup: 95,000 km journey, 5 days in the air

What you should know

रियो यामात — एकै दिनमा धेरै उडान, झन्डै ९५ हजार किलोमिटरको दूरी र आकाशमै एकसय घण्टाभन्दा बढीको समय ! फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ को फिफा विश्वकपका क्रममा आकाशमै निकै लामो समय बिताए।

इतिहासकै सबैभन्दा धेरै क्षेत्रमा फैलिएको यो विश्वकप उत्तर अमेरिकाका तीन देश अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहर र चार फरक समय क्षेत्र (टाइम जोन्स्) मा आयोजना गरिएको थियो। न्यूयोर्कमा सम्पन्न फाइनल भिडन्तसम्म आईपुग्दा इन्फान्टिनोले खेल, बैठक र विभिन्न कार्यक्रमका लागि निरन्तर भ्रमण गरिरहे।

एसोसिएटेड प्रेस (एपी) ले उनी सवार रहने निजी जेटको उडान विवरण (फ्लाइट लक्स), तस्बिरहरू र फिफा तथा स्वयं इन्फान्टिनोको सामाजिक सञ्जालको विश्लेषण गरेको थियो। यस विश्लेषण अनुसार, स्पेनले अर्जेन्टिनालाई हराएर विश्वविजेता बन्दासम्म उनले पृथ्वीलाई झन्डै साढे दुई पटक फन्को मार्न पुग्ने दूरी तय गरिसकेका थिए ।

कतार सरकारको 'गल्फस्ट्रीम जी६५०' निजी जेटका कारण इन्फान्टिनोको यो अद्भूत यात्रा सम्भव भएको हो। उक्त विमान फिफाको प्रायोजक कतार एयरवेजको चार्टर विभागले सञ्चालन गर्दछ ।

FIFA President Infantino's flight throughout the World Cup: 95,000 km journey, 5 days in the air

जुन ९ मा लस एन्जलसबाट मेक्सिको सहर उडेपछि, प्रतियोगिताभर यस विमानले औसतमा दैनिक एकभन्दा बढी र कुनै-कुनै दिन तीनवटा सम्म उडान भरेको थियो।

विभिन्न खेलहरू हेर्नुका साथै इन्फान्टिनोले 'फक्स एन्ड फ्रेन्ड्स' मा अन्तर्वार्ता दिन न्यूयोर्क र फिफा समिटका लागि मियामीको यात्रा गरेका थिए। यसबीचमा कतारका पूर्व अमिरको अन्त्येष्टिमा सहभागी हुन दोहा पुगेर उनी सेमिफाइनलअघि नै अमेरिका फर्किएका थिए।

फिफाले सन् २०३० सम्ममा कार्बन उत्सर्जन ५० प्रतिशतले घटाउने र २०४० सम्ममा 'नेट-जिरो' मा पुग्ने प्रतिबद्धता जनाएको छ। तर, तीन देशमा फैलिएको यो फराकिलो विश्वकप र यसका लागि टोली, फ्यान तथा पदाधिकारीहरूले गर्नुपरेको व्यापक हवाई यात्राका कारण यो इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने र वातावरण प्रदूषण गराउने विश्वकप बनेको जलवायु शोधकर्ता र पर्यावरणविद्को तर्क छ।

३९ दिनसम्म १ सय ४ खेलहरू भएको र तीन देशमा फैलिएको यस ऐतिहासिक विश्वकपका क्रममा फिफा अध्यक्ष इन्फान्टिनोले बनाएका केही रोचक तथ्यांक यस्ता छन् :

४४ वटा म्याच : उनले प्रतियोगिताभर कुल ४४ वटा खेल मैदानमै उपस्थित भएर हेरे। ३४ म्याच-डे मध्ये ३१ दिन उनी रंगशालामै थिए र कहिले त एकै दिन दुईवटा खेलसम्म हेर्न भ्याए ।

१६ वटा रंगशाला : उनले आयोजक १६ वटै रंगशालामा पुगेर कम्तीमा एउटा खेल हेरे। मियामीको 'हार्ड रक स्टेडियम' मा उनी सबैभन्दा बढी ५ पटक पुगेका थिए ।

१३ दिनमा दुई खेल : १३ वटा यस्ता दिनहरू थिए, जब उनी सयौँ माइलको दूरीमा रहेका दुई फरक रंगशालामा पुगेर खेल हेर्न सफल भए ।

२१ वटा विमानस्थल : यात्राका क्रममा मुख्य अन्तर्राष्ट्रिय विमानस्थलका साथै एटलान्टा र मियामीका साना बिजनेस विमानस्थलहरू पनि प्रयोग गरियो ।

२३ पटक सीमा पार : सेमिफाइनलसम्म पुग्दा उनको जेटले उत्तर अमेरिकाभित्रै २३ पटक अन्तर्राष्ट्रिय सीमा पार गर्‍यो ।

११५ घण्टाको उडान समय : कतारको यात्राबाहेक पनि उनले १ सय १५ घण्टा (करिब ५ पूरा दिन) हावामै बिताए । यो समय न्यूयोर्कबाट लस एन्जलससम्म व्यावसायिक विमानमा २० पटक आउजाउ गरेसरह हो ।

५ घण्टा ४४ मिनेटको लामो उडान : जुन १५ मा मियामीबाट सियाटलसम्मको उडान उनको सबैभन्दा लामो ३ सय ४४ मिनेटको उडान थियो । यो समय फुटबलका तीन पूरा म्याच बराबर हो ।

२८ मिनेटको छोटो उडान : जुलाई ६ मा सियाटलबाट भ्याङ्कुभरसम्मको यात्रा मात्र २८ मिनेटको थियो ।

९५,४०३ किमी (५९,२८१ माइल) दूरी : उनले प्रतियोगिताभर तय गरेको कुल दूरी न्यूयोर्क-सिंगापुर, लस एन्जलस-दोहा र लन्डन-पर्थको दोहोरो उडान जोड्दा हुने दूरीभन्दा पनि बढी छ ।

एकै दिनमा ५,७७२ माइल : जुन २६ का दिन उनले एकै दिनमा सबैभन्दा बढी ५,७७२ माइलको दूरी तय गरे। उनी बिहान मियामीबाट डलास, त्यहाँबाट सियाटल खेल हेर्न र फेरि राति सियाटलबाट उडेर भोलिपल्ट बिहान मियामी पुगेका थिए ।

फिचर

एपी

Link copied successfully