हिन्दीलाई राष्ट्रभाषा बनाइनुपर्छ भन्ने विषय पछिल्लो समय भारतमा राजनीतिक बहसको केन्द्रमै छ । नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले हिन्दी भाषाको प्रवर्द्धन गर्ने भन्दै यस बहसलाई अघि सारेको छ । भारतमा करिब ४४ प्रतिशत मानिस हिन्दीलाई मातृभाषाका रूपमा प्रयोग गर्छन् भने १२० भन्दा बढी प्रमुख भाषा प्रचलनमा छन् ।
‘अब अतिचरमपन्थी समूहलाई मत दिनुपर्ने अवस्था आउने छैन,’ सन् २०१७ मा पहिलो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएपछि इम्मानुएल म्याक्रोंले भनेका थिए । आफूले त्यतिबेला गरेका वाचा पूरा हुनासाथ दक्षिणपन्थी समूहको लोकप्रियता घट्ने उनको आकलन थियो । पहिलो कार्यकालमा सन्तोषजनक काम गरेकैले उनी दोस्रो पटक पनि अनुमोदित भए । तर उनले पाँच वर्षअघि दाबी गरेझैं दक्षिणपन्थीको हौसला भने कमजोर भएन ।
‘मैले जीवनमा युक्रेनीहरूलाई सक्दो हँसाउन खोजेको छु । मलाई लाग्छ यो एउटा काम मात्रै होइन, मिसन नै हो । आउँदो ५ वर्ष म युक्रेनीहरू रुन नपरोस् भनेर सबैथोक गर्नेछु,’ तीन वर्षअघि राष्ट्रपतिको शपथग्रहण समारोहमा भोलोदिमिर जेलेन्स्कीले भनेका थिए ।
टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार टर्की र ग्रीसको सीमा इप्सालामा चिसोले कठ्यांग्रिएर आप्रवासीको मृत्यु भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पार्टीका निवर्तमान उपसभापति विजयकुमार गच्छदार पराजित भएका छन् । उनी धनराज गुरुङभन्दा २ मतले पछि पर्दै पराजित भएका हुन् । पार्टीका २ जना उपसभापतिमा गुरुङ र निवर्तमान महामन्त्री पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले २१२१, गुरुङले १९०८ र गच्छदारले १९०६ मत प्राप्त गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन जे विषयमा पनि सम्झौता गरेको आरोप लगाउँदै वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले एक अभिव्यक्ति दिए, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है ! कोही नाथुराम गोड्सेको आवश्यक पर्यो अब, यो देश बचाउन । कोही गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’
शनिबार साँझ एक्कासि मेलम्ची नदीमा पानीको बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले केटाकेटीपन देखाएर प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । आइतबार इकान्तिपुरसँगको कुराकानीमा वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नगरेको बताएका हुन् ।
गौशालास्थित धर्मशालाको सानो कोठा । कोठाभित्रको एउटै खाटमा आराम गर्दै थिए दिनभरको आन्दोलनले लखतरान उखु किसान । त्यही समूहमा पातलो ब्ल्याङ्केट ओढेर ढल्केका थिए उनी । साथीहरुले आन्दोलनका कुरा गर्दा आफ्नो कान उनीहरुकै नजिक पुर्याएर सुन्ने प्रयास गर्थे । दाहिने कान नसुन्ने भएकाले होला उनीसँग बोल्दा साथीहरु अलि ठूलै स्वरमा बोल्थे ।
लेखक कुमार नगरकोटीलाई कालो रंग मन पर्छ । त्यसैले उनी कालै कुर्ता (नगरकोटीले प्राय: लगाउने वस्त्र), कालै मास्क लगाउँछन् । उनलाई कालो यति मन पर्छ कि मोबाइलदेखि कानमा लगाउने टपसम्म पनि कालै हुन्छ ।