कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘पूर्णबहादुरको सारंगी’ मा अलिसा

काठमाडौँ — सरोज पौडेलको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ मा अलिसा बस्नेत जोडिएकी छन् । अलिसाको डेब्यु फिल्ममा विशेष भूमिका रहेको निर्माता विनोद पौडेलले बताए । अलिसाले यसअघि दर्जनौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

‘पूर्णबहादुरको सारंगी’ मा अलिसा

अलिसाको प्रवेशसँगै फिल्मको दोस्रो चरणको छायांकनसमेत सुरु गरिएको छ । जेठ २४ गतेबाट छायांकन सुरु गरिएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुंगा जिल्लाको रुम्जाटार आसपासका क्षेत्रमा ३६ दिनसम्म गरिएको थियो । दोस्रो चरणको छायांकन भने भक्तपुरको दुवाकोटबाट सुरु गरिएको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहनेछ । विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाललगायतका कलाकारहरूले पनि फिल्ममा अभिनय गरेका छन् । त्यस्तै, जान्भी पौडेल र स्वायम् केसी बाल कलाकारको भूमिकामा छन् ।

फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल–ड्रामा जनराको फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक पौडेलको कथामा बनेको फिल्ममा पटकथा तथा संवाद महेश दवाडीको रहेको छ । प्रशान्त सिवाकोटीले संगीत भरेको फिल्मका गीतमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानले स्वर दिएका छन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानीकर्ता रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्म २०८२ सालभित्र प्रदर्शन आउने बताइएको छ ।


प्रकाशित : श्रावण १२, २०८१ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×