कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

'मिसिङ : केटी हराएको सूचना' कात्तिक ३० मा

भाद्र १९, २०८१
'मिसिङ : केटी हराएको सूचना' कात्तिक ३० मा

काठमाडौँ — दीपेन्द्र गौचनको नयाँ फिल्म 'मिसिङ : केटी हराएको सूचना' कात्तिक ३० देखि प्रदर्शनमा आउने भएको छ । हालै काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । 

फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टी श्रेष्ठको प्रमुख अभिनय छ । 'उजेली'का निर्देशक गौचनले 'ट्राइ-सिटी पिक्चर्स'मार्फत थुप्रै फिल्म निर्माणको योजना बनाएका छन् ।

क्युएफएक्सका नकिम उद्दिनसँग मिलेर खोलेको ट्राइ-सिटीले मनोरञ्जन मात्र नभई सामाजमा प्रभाव पार्ने फिल्म निर्माण गर्ने योजना बनाएको छ ।


प्रकाशित : भाद्र १९, २०८१ १५:२७
×