लमजुङ — गुरुङ फिल्मकर्मीको संस्था गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को अध्यक्षमा राजबहादुर गुरुङ (राजेश) सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा शनिबार अबेर सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा आठौं राष्ट्रिय अधिवेशनले राजेशको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ ।
तमु धिं नेपालका अध्यक्ष एवं निर्वाचन समिति संयोजक हुमबहादुर गुरुङका अनुसार प्रथम उपाध्यक्ष अर्जुन गुरुङ, द्वितीय उपाध्यक्ष कुविना गुरुङ, महासचिवमा तोलबहादुर गुरुङ (लवशन), सचिव टेकमान गुरुङ र कोषाध्यक्षमा इन्द्रमाया गुरुङ सर्वसम्मत भएका छन् ।
महिला विभाग प्रमुखमा सपना गुरुङ, प्राविधिक विभाग प्रमुख राजकुमार गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुख तारा गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुख खेम गुरुङ, प्रचार प्रसार विभाग प्रमुख रक्षा गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सदस्यहरुमा टेकबहादुर गुरुङ, भुपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, आशिष गुरुङ, बिराज गुरुङ, धर्मराज घले, नवीन गुरुङ, पिटर गुरुङ, तारजङ गुरुङ (टार्जन), केशबहादुर गुरुङ, गंगाबहादुर गुरुङ, अञ्जु गुरुङ सर्वसम्मत निर्वाचित भएको संयोजक गुरुङले बताए ।
