कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई 

भाद्र २८, २०८१
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई 

काठमाडौँ — उमंग क्रियशनद्वारा आयोजित 'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेले पहिरेकी छिन् । बुधबार साँझ सम्पन्न फिनेलेबाट अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमा लामगाढेले ताज पहिरेकी हुन् । 

मिस ग्राण्ड नेपालको नेसनल डाइरेक्टर भुमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिर्‍याएका थिए । प्रतियोगिताको निर्णायकका रूपमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की रहेका थिए ।

प्रतियोगितामा अस्मिता शाह, डा.काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य , प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी थिए ।

विजेता कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुने छिन् । मिस ग्राण्डको फाइनल अक्टोबर २५ कात्तिक ९ गते कम्बोडियामा हुनेछ ।

प्रकाशित : भाद्र २८, २०८१ १५:२८
×