कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'शाम्बाला' नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट

भाद्र २८, २०८१
'शाम्बाला' नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट

काठमाडौँ — मीनबहादुर भामद्वारा निर्देशित 'शाम्बाला' नेपालबाट अस्कर प्रतिस्पर्धाका लागि छनौट भएको छ । नेपालस्थित छनौट समितिले ९७ औं अस्करका लागि यो फिल्म छनौट गरेको हो । 

भदौ २८ देखि यो फिल्म नेपाल प्रदर्शनमा छ । फिल्मको नेपाल प्रदर्शन सकिएलगतै अस्करमा आफ्नो उपस्थितिका लागि तयारी थाल्ने निर्माण टिमको दाबी छ ।

नेपालमा बर्लिनको प्रमुख प्रतिस्पर्धामा छनौट हुने पहिलो नेपाली फिल्मको इतिहास रच्ने यो फिल्मले हालै लोकार्नोमा अवार्ड उचालेको थियो । फिल्मकी प्रमुख अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि 'बोक्कालिनो डिओर' प्राप्त गरेकी थिइन् ।

यही फिल्मको प्रिमियरका लागि हालै बलिउडबाट निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दकी नेपाल आएका थिए । उनीहरुको उपस्थितिले फिल्म क्षेत्रमा 'शाम्बाला'को ठूलो चर्चा छ ।


प्रकाशित : भाद्र २८, २०८१ १९:४९
×